काठमाडौं-६ मा शिशिर खनाल निर्वाचित

by समतल अनलाइन
51Shares

काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। उनको जितको औपचारिक घोषणा भने हुन बाँकी छ ।

मतगणनाअनुसार खनालले २७ हजार ७११ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसका उम्मेदवार कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत पाएका छन् । नेकपा एमालेका अमनकुमार मास्केले ४ हजार ३७३ मत प्राप्त गरेका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धवराज भेटुवालले २९० मत पाएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका हेमलाल शर्मा (हिमाल शर्मा) २३१ मतमा सीमित भएका छन् ।

You may also like