बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले आफ्नो अग्रतालाई अझ फराकिलो बनाउँदै लगेका छन् ।
हालसम्म १५ हजार ४१३ मत गणना हुँदा खरेलले १० हजार ५०९ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेकपा (एमाले) का उम्मेदवार विष्णु पौडेलले २ हजार १९३ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् । नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले १ हजार २०४ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार विश्वदीप पाण्डेले ३५३ मत प्राप्त गरेका छन् ।
रूपन्देही–२ निर्वाचन क्षेत्रमा बुटवल उपमहानगरपालिकाका वडा नम्बर १ देखि १३, तिलोत्तमा नगरपालिकाका वडा नम्बर १ देखि ६ तथा सैनामैना नगरपालिकाका वडा नम्बर १ देखि ४ समेटिएका छन् ।
यस क्षेत्रमा नेकपा (एमाले) का विष्णु पौडेल, नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेल, रास्वपाका सुलभ खरेल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विश्वदीप पाण्डे लगायत विभिन्न दलका तथा स्वतन्त्र गरी कुल ३९ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।


