94
काठमाडौं । झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साह अग्रस्थानमा देखिएका छन्।
पछिल्लो मतपरिणाम अनुसार साहले १ हजार ४ सय ७८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३ सय ८४ मत प्राप्त गरेका छन्।
त्यस्तै तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका समीर तामाङले १ सय ३९ मत प्राप्त गरेका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रञ्जित तामाङले ५९ मत पाएका छन् भने नेपाली कांग्रेसकी मन्धरा चिमरियाले ४२ मत प्राप्त गरेकी छन्।
प्रारम्भिक मतगणनाअनुसार साह ओलीभन्दा दोब्बरभन्दा बढी मतले अगाडि देखिएका छन्।


