इङल्याण्डलाई हराउदै भारत टी-२० विश्वकपको फाइनलमा

by समतल अनलाइन
43Shares

काठमाडौँ । भारत जारी टी-२० विश्वकपको फाइनलमा पुगेको छ । भारतले दोस्रो सेमिफाइनलमा इङल्याण्डलाई ७ रनले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको हो ।

भारतले दिएको २५४ रनको लक्ष्य पछाएको इङल्याण्डले २० ओभरमा ७ विकेट गुमाउदै २४६ रन बनाएको थियो ।

इङल्याण्डका लागि ज्याकब बेथेलले १०५ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै विल ज्याकले ३५ रन बनाए भने जोस बटलरले २५ रन बनाएका थिए । त्यस्तै जोफ्रा आर्चरले अविजित १९ रन बनाएका थिए ।

त्यस्तै भारतीय बलर हार्दिक पाण्डेयले २ विकेट लिए भने अर्शदीप सिंह, जसप्रित सिंह ,वरुण चक्रवर्ती र अक्सर पटेलले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर २५३ रन बनाएको थियो ।

भारतका लागि सन्जु सामसनले ८९ रन बनाए भने शिभम दुवेले ४३, इशान किसनले ३९, हार्दिक पाण्डेयले २७ र तिलक बर्माले २१ रन बनाएका थिए । त्यस्तै इङल्याण्डका बलर विल ज्याक र आदील रशिदले २-२ विकेट लिएका थिए ।

योसँगै भारत लगातार दोस्रो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको छ । डिफेन्डिङ च्याम्पियन रहेको भारतले अब फाइनलमा आइतबार न्यूजील्याण्डसँग खेल्ने छ ।

त्यस्तै यो हारसँगै इङल्याण्ड विश्वकपबाट बाहिरिएको छ ।

You may also like