59
काठमाडौँ । काठमाडौंको महाराजगञ्ज र नैकाप क्षेत्रमा मंगलबार बिहान पार्किङमा राखिएका सवारी साधनमा आगजनी भएको छ । प्रहरीका अनुसार, नैकापमा सिप्रदी ट्रेडिङको कार्यालय नजिक पार्क गरिएको बिएए २८३६ नम्बरको टोयोटा कारमा आगो लगाइएको थियो। त्यस्तै, महाराजगञ्जस्थित पेट्रोल पम्प नजिक बा७ च १४०१ नम्बरको मारुती भ्यान पनि जलेको अवस्थामा फेला परेको छ ।
घटनास्थलबाट दुर्गा प्रसाई समुहको पर्चा बरामद भएको र संलग्न व्यक्तिहरुको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । आगजनीपछि दुवै क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरिएको छ।
प्रहरीले आगजनीको कारणबारे अनुसन्धान जारी राखेको छ ।


