गगनलाई समर्थन गर्न सर्लाही पुगे जेन–जी अगुवा मिराज ढुङ्गाना

by समतल अनलाइन
57Shares

काठमाडौं।जेन–जी पुस्ताका अगुवा मिराज ढुङ्गाना नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई समर्थन गर्न सर्लाही पुगेका छन् । ढुङ्गानासहितका युवाहरू सोमबार दिउँसो सर्लाही क्षेत्र नम्बर ४ पुगेका हुन् ।

मिराज त्यस्ता जेन–जी अगुवा हुन्, जसले गत भदौ २३ गतेको जेन–जी आन्दोलनका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति पाएका थिए ।

माइतीघरबाट शुरू भएको उक्त जुलुस नयाँ बानेश्वर पुग्ने र सभामा परिणत गर्ने कार्यक्रम गर्ने तयारी थियो ।

उक्त आन्दोलनमा घुसपैठ हुनासाथ मिराजले सबै जेन–जीहरूलाई आन्दोलन आफूहरूको नियन्त्रणबाट बाहिर गएकाले सबैलाई घर फर्कन आह्वान गरेका थिए ।

त्यसयता उनका माग पूरा गर्नलाई अहिलेको जेन–जी सरकारलेसमेत कुनै पहल गरेन । त्यतिमात्र होइन मिराजले प्रधानमन्त्री सुशीला कार्कीलाईसमेत भेट्न पाएनन् । उनको टिमलाई सिंहदरबार प्रवेशमा समेत रोक लगाइएको थियो ।

यसअघि जेन–जी पुस्ताका अगुवा मिराज ढुङ्गाना काङ्ग्रेसमा प्रवेश गर्ने न्युज थियो अहिले सच्याइएको छ ।

You may also like