बुटवल।नेपाली कांग्रेस रूपन्देही–२ चुनाव प्रचारप्रसार तथा निर्वाचन परिचालन समितिले घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ ।
चुनाव प्रचारप्रसारका समय अन्तिम चरणमा पुग्दा रूपन्देही–२ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार चुन्न प्रसाद शर्मा पौडेल र समानुपातिक उम्मेदवार रीता सेन ओलीसहितको टोलीले घरदैलो कार्यक्रमलाई तिब्रता दिएका हुन् ।
कतै गाडीमा त कतै पैदल घरदैलो गर्ने क्रममा मतदाताले उम्मेदवारहरू पौडेल र ओलीलाई फुलमाला र टीका लगाएर जितको शुभकामना दिएका थिए ।
घरदैलो कार्यक्रमको ११ औं दिन आज तिलोत्तमा नगरपालिका वडा नं १ र वडा नं २ को घरदैलोका क्रममा सो वडाका मतदाताहरूले उम्मेदवारहरूलाई फुलमाला र टीका लगाएर स्वागत गर्नुका साथै जितेको शुभकामना दिएका हुन् ।

चुनावको मिति नजिकिँदै गर्दा मतदाताले देखाएको सद्भाव,शुभकामना , सुझाव र सल्लाहले कांग्रेस उम्मेदवार पौडेल पनि चुनाव जितिनेमा विश्वस्त देखिन्छन् ।
तिलोत्तमाको घरदैलोका क्रममा संचारकर्मीहरूलाई प्रतिक्रिया दिदै कांग्रेस उम्मेदवार पौडेलले घरदैलोका क्रममा पार्टीका नेता कार्यकर्ताहरूको सक्रिय सहभागीता र मतदाताहरूले देखाएको सद्भावले चुनाव जितिनेमा आफू विश्वस्त भएको बताए ।
घरदैलोका क्रममा स्थानीय बासिन्दाले आफ्ना टोलका सानोतिनो समस्या देखि लिएर दीर्घकालीन समस्या समेत खुलेर राखेका थिए । उनले स्थानीयका गुनासा टिपोट गर्दै विकास निर्माणका अधुरा कामलाई सम्पन्न गर्ने, टोलस्तरमै योजना छनोट गरी कार्यान्वयन गर्ने प्रतिवद्वता ब्यक्त गरे । घरदैलो अभियानका क्रममा स्थानीयले रोजगारी सिर्जना, बजार व्यवस्थापन र आधारभूत पूर्वाधार सुधारमा ठोस कामको अपेक्षा राखेका थिए। उम्मेदवार पौडेलले “विकास कागजमा होइन, व्यवहारमा देखिनुपर्छ” भन्दै आफु परिणाममुखी कार्यमा लाग्ने प्रतिबद्धता जनाए ।त्यस क्रममा नेपाली कांग्रेसका सयौं नेता कार्यकर्ताहरूको सहभागीता रहेको नेपाली कांग्रेस रूपन्देही–२ का क्षेत्रीय सभापति तथा निर्वाचन परिचालन समिति संयोजक प्रजापाल गिरीले जानकारी दिए ।



