योजना र समय सीमा लिएर आएका छौं, आजीवन राजनीति गर्दैनौं- डा. स्वर्णिम वाग्ले

by समतल अनलाइन
63Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो पुस्ता देशभक्त र परिपक्क रहेको बताएका छन् । विहिबार चितवनमा रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै डा. वाग्ले आफुहरु देशभक्त र परिपक्क रहेको र भ्रष्ट हुनै नसक्ने बताएका हुन् ।

उनले आफुहरु राजनीति आजीवन पेशा बनाउन नआएको बताउदै योजना र समय सिमा लिएर आएको बताए ।

उनले यो चुनाव दल छान्ने मात्र नभएर संस्कार बसाल्ने थिति बसाल्ने चुनाव भएको भन्दै दलहरुले बनाएको ब्रम्हलुटको संरचना भत्काएर सुशासनको जग बसाउने प्रष्ट परे ।

उनले १५१ भन्दा बढी सिटमा जिताएर सरकारमा पुर्याइदिन आग्रह गरे । डा. वाग्लेले अहिले परिवर्तनको घन्टी बजाउने समय भएको भन्दै आफुहरुले सुशासनको जगमा देशलाई समृद्ध बनाउने दाबि गरे ।

You may also like

This will close in 0 seconds