55
प्रेस चौतारी नेपालका सदस्य बसन्तराज बराल नेपाल प्रेस युनियनमा प्रवेश गरेका छन् । उनलाई शुक्रबार बुटवलमा आयोजना गरिएको नेपाली काँग्रेसको चुनावी सभामा पार्टी उपसभापति पुष्पा भुसाल तथा नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालले युनियनमा प्रवेश गराएका हुन् ।
नेकपा एमाले निकटको प्रत्रकारहरुको संस्था प्रेस चौतारी नेपाल रुपन्देहीका पूर्व कार्यसमिति सदस्य समेत रहेका बराल नेपाली काँग्रेसको सुभेच्छुक संस्था नेपाल प्रेस युनियनमा प्रवेश गरेका हुन् । उनी आफ्नो पत्रकारिता करियरको सुरुदेखि नै चौतारीको सदस्य रहेका थिए भने २ कार्यकालसम्म कार्यसमिति सदस्य भएर काम गरेका थिए ।




