निकोलस भुसाल, शक्ति बस्नेत र श्रम संस्कृति पार्टीलाई २५ हजार जरिवाना

by समतल अनलाइन
37Shares

काठमाडौँ। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा दुई उम्मेदवार र एक पार्टीलाई २५ हजार रुपैयाँ जरिबाना गर्ने निर्णय गरेको छ ।

आयोगका कानुन अधिकृत मोहन जोशीले जानकारी दिए अनुसार, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का जाजरकोट–१ का उम्मेदवार शक्ति बस्नेतलाई आयोगले २५ हजार रुपैयाँ जरिबाना गरेको हो । पूर्वमन्त्री बस्नेतमाथि निर्वाचन क्षेत्रमा पैसा बाँडेको आरोप लागेको थियो।

त्यस्तै, रुपन्देही–२ का उम्मेदवार डा. कमल भुसाललाई पनि २५ हजार रुपैयाँको जरिबानाको निर्णय गरिएको छ। डा. भुसाल नेपाल जनसेवा पार्टीका उम्मेदवार हुन् र उनी निकोलस नामबाट चर्चित छन् । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई पनि २५ हजार रुपैयाँ जरिबाना तोकिएको छ।

नेपाल जनसेवा पार्टीका उम्मेदवार जानुका पाठक (भक्तपुर–२) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार खगेन्द्र सुनुवार (बाँके–३)लाई आयोगले सचेत गराउने निर्णय गरेको छ।

You may also like

This will close in 0 seconds