बुटवल बजार क्षेत्रका तीनवटा वडामा कांग्रेसले गर्यो सयौँको सहभागितामा घरदैलो

पहिरो नियन्त्रण र सुकुम्बासी समस्या समाधान,तिनाउ तटबन्ध,ढल निकास र पार्किङ ब्यवस्थापनमा उम्मेदवार चुन्नले गरे प्रतिबद्धता

by समतल अनलाइन
93Shares

बुटवल।रुपन्देही क्षेत्र नं. २ बाट नेपाली काँग्रेसका प्रतिनिधिसभा
सदस्यका उम्मेद्वार चुन्नप्रसाद शर्मा पौडेलले घरदैलोमा मतदाताको स्नेह र मायाले जित पक्का रहेको दाबी गरेका छन् ।

मंगलबार बुटवलका तीनवटा वडामा घरदैलो ,भेटघाटका क्रममा मतदाताहरुको उल्लेख्य सहभागिताले उम्मेदवारलाई हौसला र उत्साह थपिएको हो । पौडेलले मंगलबार बुटवल उपमहानगरपालिका वडा न ४, ५ र ६ मा सयौँंको उपस्थितिमा घरदैलो अभियान भएको हो । घरदैलोमा पहिरो र सुकुम्बासी समस्यामा समाधान गरिदिन मतदाताले आग्रह गरेका थिए ।

उम्मेदवार पौडेलले मतदाताको गुनासाहरु सम्बोधनको प्रतिबद्धता जनाऐ । मतदाताको घरदैलो कार्यक्रममा रहेका चुन्नप्रसाद शर्मा पौडेलले मतदाताको समस्या सुन्नेदेखि ज्येष्ठ नागरिकको आशीर्वाद थाप्नमा व्यस्त भए ।पौडेल र समानुपातिक उम्मेदवार रिता सेन ओलीले घरदैलो अभियानको आठौं दिन बुटवलका विभिन्न वडामा सक्रिय सहभागिता जनाए ।

उनले मतदाताले घरघरमा टीका,माला र खादा,दहि खुवाएर सम्मान गर्दै आशिर्बाद दिएका छन् ।बिहान बुटवल उपमहानगरपालिका–४ को लक्ष्मीनगर गेटबाट सुरु भएको अभियान लक्ष्मीनगर, आदर्शनगर, राममन्दिर लाइन हुँदै अमरपथ क्षेत्रसम्म पुगेको थियो ।स्थानीय बासिन्दाले विशेषगरी वर्षायाममा देखिने पहिरोको जोखिम, अव्यवस्थित बस्ती, सुकुम्बासी व्यवस्थापन, सडक र ढल निकासका समस्या उठाए ।

उम्मेदवार पौडेलले मतदातासँग भने, –‘हामी चुनाव जित्न मात्र होइन, दीर्घकालीन समाधानका लागि आएका हौं।’पहिरो नियन्त्रण, सुरक्षित बस्ती निर्माण र सुकुम्बासी समस्याको कानुनी समाधानका लागि संघीय तहबाट पहल गर्ने प्रतिवद्वता जनाए । उनले थपे–‘बुटवललाई व्यवस्थित, सुरक्षित र अवसरयुक्त सहर बनाउन स्पष्ट योजना लिएर अघि बढेका छौ ।’त्यसैगरी समानुपातिक उम्मेदवार ओलिले पनि मतदातासँग महिला, श्रमिक, दलित र विपन्न समुदायका मुद्दा अझै पनि ओझेलमा रहेकाले संसदमा पुगेपछि यी वर्गको आवाज मजबुत रूपमा उठाउने प्रतिबद्धता ब्यक्त गरिन् । दिउँसो १२ बजेदेखि टोली वडा नं. ५ मा पुगेको थियो । पुरानो बसपार्क,न्युरोड, सुकुम्बासी टोल, सब्जी मण्डी हुँदै अमरपथ क्षेत्रमा पुगेका उम्मेदवारहरूले व्यवसायीसँग छलफल गरेका थिए । व्यापारीहरूले बजार व्यवस्थापन, पार्किङ अभाव र व्यापारमा आएको मन्दीबारे गुनासो गरेका थिए ।यस सन्दर्भमा पौडेलले स्थानीय व्यवसायी बलियो भए मात्र अर्थतन्त्र चलायमान हुने, व्यवस्थित बजार, पार्किङ व्यवस्थापन र साना व्यवसायीको संरक्षणका लागि नीति र बजेट ल्याउन पहल गर्ने बताए ।

दिउँसो ३ बजेपछि वडा नं. ६ अन्तर्गत नेपालगञ्ज रोड, ट्राफिकचोक, मैत्रीपथ, श्रवणपथ लगायतका क्षेत्रमा घरदैलो अभियान गरिएको थियो । यहाँका बासिन्दाले खानेपानी, ढल निकास र सडक स्तरोन्नतिका विषयमा ध्यानाकर्षण गराएका थिए। अभियानमा पार्टीका स्थानीय नेता,कार्यकर्ताको सहभागिता रहेको थियो । पहिलो पटक चुनावी मैदानमा आएका उद्योगपति शर्मासंग यस क्षेत्रका मतदाता मात्रै नभएर आम नागरिक उत्साहित छन् भने उद्योगी तथा व्यवसायीलाई आफ्नै उम्मेद्वार पाएकोमा आफू नै उम्मेद्वार भएको जस्तै खुसी देखिएका छन् ।

उम्मेद्वार शर्माले बुटवललाई आर्थिक केन्द्रसहित आईटी हवको रुपमा विकास गर्ने, लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिस्ठानको रुपमा विकास गर्ने र आम्दा अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गर्ने योजना बुनेका छन् । त्यसैगरी तिलोत्तमा, सैनामैनालाई आधुनिक सहरको रुपमा विकास गर्ने, मोतिपुर सहितका ग्रामिण क्षेत्रलाई कृषि पकेट क्षेत्रको रुपमा अघि बढाउने योजना रहेको छ ।

You may also like

This will close in 0 seconds