जिते पनि यहीँ, हारे पनि यहीँ – भरत शाहको रुपन्देही–५ संगको अटुट साइनो

by समतल अनलाइन
78Shares

सैनामैना।रुपन्देहीमा भरतकुमार शाहको नाम नसुन्ने कमै होलान, अहिलेसम्म उनको पहिचान विकासप्रेमी नेताको रुपमा चिनिन्थ्यो तर पछिल्लोसमय शाहको अर्को पहिचान पनि थपिएको छ । त्यो हो – जीतहार जेसुकै होस आफ्नो क्षेत्र परिवर्तन नगर्ने नेताको रुपमा ।
नेपालमा बिरलै यस्ता नेता छन जसले आफ्नो राजनीतिक जीवनको सुरुवात र अन्त्य एउटै निर्वाचन क्षेत्रबाट गरेको होस् । त्यो बिरलै नेताको पहिचान भरतकुमार साहले बनाएका छन् ।

सन्दर्भ यसअघि २०७९ सालको निर्वाचनसंग जोडिएको छ । उनै नेता भरतकुमार शाह पराजित भए । भारी मतान्तरले बिजयी भएका एमालेका बासुदेव घिमिरे अहिले आफू निर्वाचित भएको क्षेत्र रुपन्देही ५ बाट रुपन्देही ३ मा गए ।

रुपन्देही ५ का जनताले पछिल्लो समय बासुदेव घिमिरेलाई भगौडा नेताको रुपमा चिन्छन । अर्को प्रसंग २०६४ सालमा भएको पहिलो संविधान सभाको निर्वाचन हो । जहाँ भरतकुमार शाह एमालेका रामनाथ ढकालसंग पराजित भए । पराजयको आवेगमा शाहले क्षेत्र परिवर्तन गरेनन । २०७० सालमा भएको दोश्रो संविधान सभाको निर्वाचनमा जनताले उनै भरतकुमार साहको आवश्यकता महसुस गरे अनि भारी मतले विजयी गराए ।

साहको संसदीय यात्रा २०५६ सालदेखि सुरु भयो । २०८२ सालसम्म आईपुग्दा उनी छैठौपटक चुनावमा प्रतिष्पर्धा गर्दैछन । २६ बर्षको संसदीय यात्रामा उनलाई दुईपटक हार बेहोर्नु प¥यो तर उनी आत्तिएनन । बरु रुपन्देही ५ को विकासमा लागिरहे । अन्ततः विकासप्रेमी नेताको रुपमा आफ्नो पहिचान बनाए ।

रुपन्देही बाहिरपनि भरतकुमार साहलाई विकासप्रेमी नेताको रुपमा जो कसैले चिन्छन । यसअघि २०७९ मा भएको निर्वाचनमा रुपन्देही ५ का जनताले मत परिवर्तन गरे तर त्यो अभिषाप भयो ।
आठ हजार बढी मतान्तरले बिजयी भएका एमालेका बासुदेव घिमिरेले आफ्नो स्वार्थकै लागि रुपन्देही ५ लाई छोडेर रुपन्देही ३ तर्फ गए । बासुदेव घिमिरेको पहिलो संसदीय यात्रा थियो जहाँ उनलाई सफलता मिल्यो तर उनले रुपन्देही ५ का जनताको मत र भावनाको दुरुपयोग गरे । आफूलाई मतदान गर्ने मतदातालाई ठाडै दुत्कार गरे ।

त्यहीँ भरतकुमार साह २०५६ सालदेखि रुपन्देही ५ कै जनताको सामुन्ने छन । त्यहीको विकासमा समर्पित भएका छन । विकासप्रेमी नेताको पहिचान बनाएका छन । जीतहार जे होस आफ्नो क्षेत्र छोडेर बाहिर गएनन् ।

शाहको फागुन २१ गते हुने निर्वाचन अन्तिम निर्वाचन हो ।
मतदाताको घरमा पुग्दै गर्दा उहाँले अव यो निर्वाचन आफ्नो लागि अन्तिम निर्वाचन भएकोले बिजयी बनाउन आग्रह गर्नुभएको छ ।
शाहको संसदीय यात्राको करिव २६ बर्षको लामो राजनीतिक इतिहासको अन्तिम परिक्षा बन्दैछ यो आम निर्वाचन । यसपटक उहाँको अग्निपरिक्षा सुरु भएको छ ।

यसपटक उनीसंगै मैदानमा छन एमालेका खिमलाल भट्टराई । उनै भट्टराई रुपन्देही ३ मा दिपक बोहराको निधन भएपछि हुने भनिएको उपनिर्वाचनमा रुपन्देही ३ बाट चुनाव लड्न कस्सिएका थिए । अन्ततः जेनजी आन्दोलनका कारण उपनिर्वाचन ट¥यो । रुपन्देही क्षेत्र नंं. ३ ताकेका भट्टराई अहिले त्यहाँबाट उछिट्टिएर रुपन्देही ५ मा आईपुगेका छन ।

रुपन्देही ५ का जनताले भट्टराईलाई पनि बासुदेव घिमिरे जस्तै स्वार्थी नेताको रुपमा चिन्छन । किनभने उनले यसअघि रुपन्देही ३ बाट निर्वाचन लडन पार्टीबाट टिकट मिलाईसकेका थिए । उनी अहिले जनतालाई भ्रमित बनाउन लागेको रुपन्देही ५ का मतदाताको आरोप छ ।

उता भरतकुमार साहलाई २६ बर्षको संसदीय राजनीतिमा जीतहारको कुनै परवाह भएन । दुईपटक हार्दै गर्दा उनले पनि क्षेत्र परिवर्तन गर्न सक्थे तर रुपन्देही ५ का जनताको मायाले उनलाई तानिरह्यो ।
रुपन्देही ५ का जनताले पनि अहिले उनलाई जिताउन कम्मर कसेर लागेका छन । जीवनको उर्जावान समय रुपन्देही ५ कै लागि समर्पित गरेका साहले भन्नुभयो– अव यो मेरो अन्तिम निर्वाचन हो, त्यसैले अन्तिम पटक मतदाताले मलाई बिजयी बनाउने छन भन्ने विश्वास छ ।

उहाँले भन्नुभएको छ–मैलै सुरु गरेका काम केही पूरा नभएका हुनसक्छन, ति काम पूरा गर्नुपर्नेछ । रुपन्देही ५ लाई समुन्नत क्षेत्रको रुपमा विकास गर्नुछ ।

क्षेत्र नंं ५ मा कञ्चन, मायादेवीको १ वडा र गैंडहवा गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिकाका १० वडा र सैनामैना नगरपालिकाका वडा नंं ५ देखि ११ सम्म गरी ३२ वटा वडा पर्छन् ।

You may also like

This will close in 0 seconds