जेनजीका चाहना र मुद्धालाई सम्बोधन गर्नै पर्छ : उम्मेद्वार खत्री

by समतल अनलाइन
94Shares

देवदह।रुपन्देही क्षेत्रनम्बर–१ मा कांग्रेसको तर्फबाट उम्मेदवार बनेका हिराबहादुर खत्रीले नवयुवाका भावना र विचारलाई प्राथमिकतामा राखेर सम्बोधन गर्ने बताएका छन् ।

उनले नव युवाहरु भविष्यका कर्णधारसँगै वर्तमानका सहयात्री भएकाले उनीहरुको आवाज र भावनालाई सम्बोधन गर्न कांग्रेसले नयाँ नीति ल्याउने बताए। रुपन्देही क्षेत्रनम्बर एकको तिलोत्तमा–८ जागृतीचोकमा रहेका ओमनी पार्टी प्यालेसमा नवयुवा ९जेनजी० समुहका युवाहरुसँग भएको अन्तरसंम्वादमा उम्मेद्वार खत्रीले जेनजीको भावनासँगै उनीहरुले उठाएका मुद्धालाई सम्बोधन गर्नु पहिलो प्राथमिकता रहने बताए ।

कार्यक्रममा नवयुवाहरुले मुलुकका स्थायी सरकार, सुशासनमैत्री ब्यवस्था, सबैकालागि रोजगारी, कृषिमा आधुनिकीकरण, पछिल्ला घटनाक्रम लगायतका विषयलाई उम्मेद्वार खत्रीका सामुन्ने प्रस्तुत गरेका थिए ।

नव युवाले उठाएका मुद्धाहरुलाई सम्बोधन गर्दै उम्मेद्वार खत्रीले युवाका चाहना र आवश्यकतालाई पुरा गर्ने गरि कांग्रेस पार्टीनै बदलिएको उल्लेख गर्दै अव मुलुक युवाको हातमा आएको र युवाको चाहना अनुसारको मुलुक बन्ने विचार राखे। उनले गएको भदौ–२३ र २४ गतेको नवयुवा आन्दोलन र त्यसले निम्त्याएको अवस्थाले मुलुकमा परिवर्तन चाहेको बताउदै समयसापेक्ष सरकार गठन र त्यसले सबैका मुद्धालाई सम्बोधन गर्नु अति जरुरी रहेकाले ति मुद्धा उठाउन आफ्नो प्रतिवद्धता रहने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा निर्वाचन परिचालन संयोजक तथा कांग्रेस जिल्ला सचिव हरिप्रसाद काफ्ले, सहसंयोजक बासुदेव रिमाल, तिलोत्तमा नगर सभापति हरिलाल पाण्डेलगायतले अव नव युवाहरुको भावनालाई बुझेर मुलुकको वागडोर सम्हाल्ने वेला भएको विचार राख्नुभयो । कार्यक्रममा झण्डै डेढ सय जेनजी नवयुवाहरुको सहभागिता रहेको प्रचार प्रसार सदस्य राजेन्द्र न्यौपानेले जानकारी दिए ।

You may also like

This will close in 0 seconds