कालिकापथलाई व्यवस्थित र आकर्षक व्यापारिक केन्द्रका रूपमा विकास गर्छु : चुन्नप्रसाद

by समतल अनलाइन
87Shares

बुटवल। रूपन्देही निर्वाचन क्षेत्र नं. २ मा नेपाली काङ्ग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार चुन्न प्रसाद शर्मा ले घरदैलो अभियानको छैटौँ दिन पनि मतदातासँग प्रत्यक्ष संवादलाई निरन्तरता दिएका छन् ।छैटौँ दिनको अभियान बिहान बुटवल उपमहानगरपालिका–९ अन्तर्गत नेपालगन्ज रोडको कालिका मन्दिरबाट सुरु भएको थियो ।

त्यहाँबाट कालिकापथका विभिन्न टोल, मिलनचोक, तिनकुने चोक हुँदै कालिकापथ शिवालयसम्म पुगेर उनले मतदातासँग भेटघाट गरे ।स्थानीयले विशेषगरी कालिकापथ क्षेत्रमा रात्रीकालीन बजार व्यवस्थित गर्नुपर्ने, खानेपानीको समस्या समाधान गर्नुपर्ने तथा सुरक्षित र सहज व्यापारिक वातावरण बनाउनुपर्ने माग अघि सारेका थिए ।

व्यवसायीहरूले बजार व्यवस्थापन, सडक बत्ती र सुरक्षामा ध्यान दिन आग्रह गरेका थिए ।उम्मेदवार शर्माले कालिकापथलाई व्यवस्थित र आकर्षक व्यापारिक केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता दोहो¥याउँदै आवश्यक पूर्वाधार सुधारमा पहल गर्ने बताए । छैटौँ दिनसम्म आइपुग्दा जनताको उत्साहले अझ जिम्मेवारी बढाएको छ उनले भने ।अभियानमा नेपाली काङ्ग्रेसकी समानुपातिक उम्मेदवार रिता सेन ओलिले जनताको घरदैलोमा पुगेर सुझाव लिनु नै लोकतन्त्रको सुन्दर अभ्यास भएको बताइन् ।

समानुपातिक प्रणालीमार्फत समावेशी आवाज संसदमा पु¥याउने हाम्रो दायित्व हो ओलीले भनिन् ।त्यसैगरी दिउँसो १ बजेपछि अभियान बुटवल उपमहानगरपालिका–११ तर्फ मोडिएको थियो ।कालिकानगर सर्भिस लेनबाट सुरु भएको घरदैलो होराइजन चोक, योगीकुटी, माझगाउँ, देवीनगर हुँदै तल्लो देवीनगरसम्म पुगेको थियो ।वडा नं. ११ का बासिन्दाले सडक स्तरोन्नति, ढल निकास, खानेपानी र सहरी पूर्वाधार सुधारको माग राखेका थिए । उम्मेदवारहरूले स्थानीय तहसँग समन्वय गरी चरणबद्ध रूपमा समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।कार्यक्रममा स्थानीय नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

You may also like

This will close in 0 seconds