बुटवल उद्योग वाणिज्य संघको ७३औं स्थापना दिवस ः पूर्वअध्यक्ष लाकौललाई सम्मान

by समतल अनलाइन
79Shares

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले संघका पूर्वअध्यक्ष निर्मलप्रसाद लाकौललाई सम्मान गरेको छ । संघको ७३औं स्थापना दिवसको अवसरमा आईतबार संघमा आयोजना गरिएको कार्यक्रममा पूर्वअध्यक्ष लाकौललाई सम्मान गरिएको हो ।

२०६१ देखि २०६३ सम्म अध्यक्ष भएर संघको श्रीबृद्धि तथा यस क्षेत्रको आर्थिक, सामाजिक तथा औद्योगिक विकासमा अतुलनीय योगदान पु¥याएवापत पूर्वअध्यक्ष लाकौललाई सम्मान गरिएको हो । पुर्वअध्यक्ष लाकौललाई नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठ तथा संघका अध्यक्ष हरिप्रसाद अर्यालले मालासहित दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिए ।

सम्मान ग्रहण गर्दै पूर्वअध्यक्ष लाकौलले संघले गरेको सम्मानले आफूलाई थप उर्जा प्रदान गरेको बताए । संघले हरेक स्थापना दिवसमा पूर्वअध्यक्ष मध्येबाट एक जनालाई सम्मान गर्दै आएको छ । लाकौल अध्यक्ष हुँदा संघले २०६२ सालदेखि कृषिमेला समेत प्रारम्भ गरेको थियो । त्यसयता संघले नियमित रुपमा कृषि मेला सञ्चालन गर्दै आएको छ ।

स्थापना दिवसकै अवसरमा संघले बुटवलका तीन वटा सामुदायिक विद्यालयमा छात्रबृत्ति अयक्षकोष स्थापना गरेको छ । संघले बुटवल उपमहानगरपालिका वडा नं. ४ मा रहेको कान्ति माध्यमिक विद्यालयमा स्थापित ‘बुटवल उद्योग वाणिज्य संघ रुपन्देही, कान्ति माध्यमिक विद्यालय अक्षयकोष’मा ७१ हजार रुपैंया थप गरेर १ लाख १ हजार पु¥याएको छ भने बुटवल ६ मा रहेको तिलोत्तमा माध्यमिक विद्यालयमा ५० हजार रुपैंया र वडा नं. ४ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा १ लाख १ हजार रुपैंयाको छात्रबृत्ति अक्षयकोष स्थापना गरेको हो । कार्यक्रममा संघका अध्यक्ष अर्याल र नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले ती विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकलाई उल्लेखित रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी बुटवल उद्योग वाणिज्य संघमा गठित औषधी तथा सर्जिकल बस्तुगत समितिको समन्वयमा मावन सेवा आश्रमलाई आवश्यक औषधि प्रदान गरिएको छ । स्थापना दिवसकै अवसरमा संघ परिषरमा श्रीखण्ड चन्दनको बृक्षरोपण समेत गरिएको संघका कार्यसमिति सदस्य तथा स्थापना दिवस कार्यक्रम संयोजक दीपक घिमिरेले जानकारी दिए ।

२००९ सालमा तदर्थ समितिको रुपमा गठन भएको बुटवल उद्योग वाणिज्य संघ २०१० साल फागुन १० गते औपचारिक रुपमा दर्ता भएको थियो । त्यसैदिनलाई संघ स्थापना दिवसको रुपमा मनाउँदै आएको संघका अध्यक्ष हरिप्रसाद अर्यालले जानकारी गराए । उनका अनुसार नीजि क्षेत्रको सबैभन्दा पुराना संस्था बुटवल उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीहरुको हकहित तथा व्यवसायिक प्रवद्र्धनसहित आर्थिक, सामाजिक तथा औद्योगिक विकासमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ ।

You may also like

This will close in 0 seconds