बुटवल। बुटवलको शैक्षिक विकासमा योगदान दिएको नीजि क्षेत्रकै पुरानो बुटवल ईलिट ईगलिस बोर्डिङ स्कुलमा पुरस्कार वितरण तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार विद्यालयमा गरिएको कार्यक्रमको एक समारोहका बिच नेपाल अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले उद्घाटन गर्दै अभिभावकहरूको सक्रिय सहभागिता बिना शैक्षिक सुधार सम्भव नभएको उल्लेख गरे । उनले विद्यालय, अभिभावक र सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए ।
कार्यक्रममा बुटवल प्याब्सनका अध्यक्ष मित्रहरि आचार्य, खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, प्याब्सनका सचिव भुवन प्रसाद अधिकारी, मणिमुकुन्द इगलिस बोर्डिङ स्कुलका प्राचार्य राजेश श्रेष्ठ, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मनहरी प्रसाद मैनालीले अभिभावकको भूमिका, शैक्षिक गुणस्तर अभिवृद्धि र विद्यार्थीको सर्वाङ्गीण विकासबारे धारणा राखेका थिए ।
कार्यक्रममा विद्यालयका प्राचार्य नर बहादुर क्षेत्रीले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने गरि शैक्षिकसंगै विभिन्न रचनात्मक क्रियाकलाप गर्दै आएको बताए । वार्षिकोत्सवका अवसरमा पूर्व प्राथमिकदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले नृत्य, गीत, तेक्वाण्डोलगायत विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए । विद्यालयमा हाल ३ सय विद्यार्थीहरु अध्ययरत छन ।




