आश्वासनका पोकामा रनभुल्ल नपर्न विश्वदीपको आग्रह

by समतल अनलाइन
49Shares

बुटवल । रुपन्देही क्षेत्र नं –२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’को घरदैलो आज शुक्रवार पनि तिलोत्तमा नगरपालिकाका विभिन्न वस्तीमा जारी रहेको छ ।

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पाण्डे सहितका नेता कार्यकर्ताले तिलोत्तमाको वडा नं ५ का प्रेमनगर, टिकानगर, शान्ति मा वि चोक , नयाँमिल लगायतका क्षेत्रमा मतदाताको घर–घरमा पुगेर तारा चिन्हमा भोट मागेका छन ।

उनीहरुले झण्डा, माईक,व्यानर र प्रतिवद्धतापत्रसहित घर–घर र टोल–टोलमा पुगेर स्थानीय मतदातासंग भोट मागेका हुन ।
मतदातासंगको भेटघाटमा उम्मेदवार पाण्डेले जनताको पक्षमा काम गर्न नसक्नेले निर्वाचनका बेलामा अनेक लोभलालच देखाँउदै घरदैलोमा आउने गरेकाले सचेत रहन आग्रह गरे ।

उनले आफ्नो अमूल्य भोटले पाँच वर्षको लागि भाग्य र भविश्यको फैसला गर्ने भएकाले निकै संयमित र विचार पुर्याएर मतदान गर्न मतदाताहरुलाई आग्रह गरे ।

रुपन्देही क्षेत्र नं २ का उम्मेदवार विश्वदीपले अहिेले हुँदै गरेको निर्वाचन नियमित नभएर जेनजी आन्दोलनले निम्त्याएको विशिष्ट परिस्थतिको निर्वाचन भएकाले उक्त आन्दोलनको मर्म बुझेर मतदानमा सहभागी हुन सबैमा अपिल गरे । प्रचारप्रसारमा सहभागी भएका उम्मेदवार र नेता कार्यकर्तालाई मतदाताले विभिन्न जिज्ञासा राख्दै निर्वाचनमा विजयी पश्चात जनताका पीरमर्का नभुल्न अनुरोध गरेका थिए ।
सो क्रममा जनताका जिज्ञासा मेटाउदै उम्मेदवार पाण्डेले आफू जीत हारको जुनसुकै परिणाम आएपनि आगामी दिनमा जनताका समस्या सुल्झाउन सधै लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।
घरदैलोका क्रममा जनताको उत्साह, सल्लाह र सुझावले आफ्नो विजयी यात्रा सुनिश्चित हुँदै गएको भन्दै उनले कुनै ऐजेण्डा बिना र आश्वासनका पोका बोकेर आएका उम्मेदवारलाई चिनेर आफ्नो अमूल्य मत प्रयोग गर्न मतदातासंग आग्रह गरेका थिए ।
मतदातासंगको भेटमा उम्मेदवार पाण्डेले निर्वाचन सम्पन्न भएपछिका दिनमा जनपक्षीय काम गर्ने सवालमा कुनै शंका नर्गन आग्रह गर्दै त्यसको परिणाम निर्वाचनपछि देखिने बताएका थिए ।
निर्वाचन परिचालन समितिका संयोजक नारायण जी सी ‘निर्मल’का अनुसार निर्वाचन आयोगको आचारसंहिता भित्र रहेर उम्मेदवारसहितको घरदैलो नियमित हुनेछ ।
उम्मेदवार पाण्डेले रुपन्देही क्षेत्र नं २ का बुटवल उपमहानगरपालिकाका १ देखि १३ नम्बरसम्मका वडा, तिलोत्तमा नगरपालिकाका १ देखि ६ नम्बरसम्मका वडा र सैनामैना नगरपालिकाका १ देखि ४ नम्बरसम्मका वडामा समय मिलाएर नियमित घरदैलो गर्दै आएका छन ।
परिचालन समितिका संयोजक जीसीका अनुसार प्रत्येक दिन हरेक वडा र टोलमा उम्मेदवार नपुगे पनि घरदैलो अभियान जारी रहने छ । त्यस क्रममा स्थानीयसंग अन्र्तक्रिया, छलफल गर्दै आफ्नो उम्मेदवारलाई मत दिनुपर्ने कारणबारे जानकारी गराईने संयोजक जीसीले बताए ।

You may also like

This will close in 0 seconds