268
पाल्पा । लागुऔषधसहित २ जना पक्राउ परेका छन । तिनाउ गाउँपालिका–३ दोभान झुम्सामा बुटवलदेखि पाल्पातर्फ आउँदै गरेको ग१८प ८९ नंको मोटरसाइकल रोकेर आज जाँच गर्ने क्रममा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडकखण्डमा पाल्पातर्फ आउँदै गरेका स्याङ्जा जिल्ला अर्जुनचौपारी गाउँपालिका–५ घर भएका पोखरा महानगरपालिका १७ बस्ने २२ वर्षीय विशाल नेपाली र सोही मोटरसाइकलमा सवार कास्कीको मादी गाउँपालिका–९ वस्ने ३१ वर्षीय किरण गुरुङको शरीरमा खानतलासी गर्दा ६८ डाइजेपाम, ६८ नुफिन, ६८ फेनेरागन दुई एम एल को सिसी, नगद रु १५ हजार र नेपालीका साथबाट ग१८प ८९ नंको मोटरसाइकलको सवारी दर्ता किताब तथा रु एक हजार एक सय बरामद गरिएको प्रहरीले जनाएको छ ।
previous post