दाङमा रविलाई कुरिरहेका रास्वपा कार्यकर्ताले एमालेको झण्डा जलाए

by समतल अनलाइन
42Shares

बुटवल। दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले नेकपा एमालेको झण्डा जलाएको घटना सार्वजनिक भएको छ। तुलसीपुर नेकपा एमालेका महासचिव शंकर पोखरेलको गृहनगर हो।

बिहीबार राति पार्टी सभापति रवि लामिछानेको स्वागतका लागि भेला भएका केही कार्यकर्ताले एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ। भिडिओमा उनीहरूले नाराबाजी गर्दै झण्डा जलाएको देखिन्छ।

सुर्खेतबाट हिँडेका लामिछाने सोही राति तुलसीपुर हुँदै घोराही पुगेका थिए।

यस घटनाप्रति एमाले नेतृ शान्ता चौधरीले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएकी छन्। उनले लेखेकी छन् यो भन्दा अराजकता के हुनसक्छ? चुनाव प्रचार गर्न पाइन्छ, तर अर्को पार्टीको झण्डा जलाउन पाइँदैन। यो अराजकताको परकाष्टा हो, समयमै चेत खुलोस्।”

घटनाबारे थप प्रतिक्रिया आउन बाँकी रहेको छ।

You may also like

This will close in 0 seconds