पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

by समतल अनलाइन
36Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लागेको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बादल तथा अन्य भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशका हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागको थोरै स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । तराई भू-भागका थोरै स्थानहरूमा बिहानको समयमा हुस्सु/कुहिरो रहनेछ।

त्यस्तै आज राती कोशी र बागमती प्रदेश लगायत बाँकी हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ। मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ ।

You may also like

This will close in 0 seconds