तीन प्रदेशका हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

by समतल अनलाइन
51Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल तराई भू-भागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु/कुहिरो रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ । लुम्बिनी प्रदेश लगायत सुदूरपश्चिम प्रदेशको तराई तथा बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

आज राती तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। बाँकी उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपात तथा पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
U

You may also like