54
काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले पुनः पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार सोमबार साँझ उनलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार निर्वाचन आयोग ले आचारसंहिता उल्लंघन गरेको र सार्वजनिक शान्ति सुरक्षामा असर पार्ने गतिविधिबारे अनुसन्धान गर्न पत्राचार गरेपछि उनलाई नियन्त्रणमा लिइएको हो।
प्रसाईं यसअघि पनि विभिन्न आरोपमा पटक–पटक पक्राउ पर्दै र छुट्दै आएका छन्। पछिल्लो पक्राउ पनि सोही शृंखलाकै निरन्तरता भएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीमाथि लागेको आरोप र अनुसन्धान प्रक्रिया सम्बन्धी थप विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ।



