समुह सी बाट वेस्ट इण्डिज र इङल्याण्ड टी-२० विश्वकपको सुपर आठमा

by समतल अनलाइन
27Shares

काठमाडौँ । इङल्याण्डले इटालीलाई २४ रनले पराजित गर्दै जारी टी-२० विश्वकपको सुपर ८ मा स्थान बनाएको छ । समुह सी अन्तर्गतको सोमबार कोलकाताको इडेन गार्डेनमा सम्पन्न खेलमा पहिले ब्याटिङ गर्दै इङ्ग्ल्याण्डले विल ज्याक्सको अविजित अर्धशतकको मद्दतले २० ओभरमा सात विकेट गुमाएर २०२ रन बनाएको थियो । जवाफमा, इटालीले तोकिएको ओभरमा १७८ रन बनाएर अलआउट भयो र खेल २४ रनले हारेको थियो ।

यो जितपछि समुह सी बाट अन्तिम खेलहरु अगाडी नै वेस्ट इन्डिज र इङल्याण्ड सुपर आठआमा पुगेका छन् ।

वेस्ट इन्डिजको ३ खेलमा ६ अंक रहेको छ भने इङल्याण्डको ४ खेलमा ६ अंक रहेको छ । त्यस्तै स्कटल्याण्ड र इटालीको ३-३ खेलमा २-२ अंक रहेको छ भने नेपाल ३ खेलमा अंक विहिन रहेको छ ।

समुह सी बाट स्कटल्याण्ड, इटाली र नेपाल आफ्नो अन्तिम खेल अघि नै बाहिरिएका छन् । नेपालले भने आफ्नो अन्तिम खेल मंगलबार स्कटल्याण्डविरुद्ध खेल्दैछ ।

You may also like