‘यस पालि हिराले जित्नु पर्छ’ : स्थानीय मतदाता

by समतल अनलाइन
73Shares

देवदह। रुपन्देही क्षेत्र नम्बर–१ का मतदाताहरुले नेपाली कांग्रेसकोतर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार बनेका हिराबहादुर खत्रीलाई नै मतदान गर्ने बताएका छन् ।

कांग्रेसको तर्फबाट उम्मेद्वार बन्नु भएका खत्री कृषक, ब्यवसायीसँगै स्थानीय विकासप्रेमी युवा नेता भएकाले आफ्नो क्षेत्रको विकासकालागि खत्रीलाई नै मतदान गरेर विजयी बनाउने बताएका हुन् । रुपन्देही क्षेत्रनम्बर एकको तिलोत्तमाका विभिन्न वडाहरुमा सोमबार घरदैलो गर्नु भएका खत्रीलाई मतदाताले बिजयीको आर्शिवाद दिदै स्थानीय क्षेत्रको विकासका लागि स्थानीय उम्मेद्वार नै आवश्यक पर्ने भएकाले खत्रीको अर्काे विकल्प नहुने बताएका हुन् । सोमबार तिलोत्तमाको वडानम्बर–१५ र १६ का विभिन्न टोल तथा बस्तिहरुमा पुगेर मतदाताको भावना र सुझाव लिने क्रममा उम्मेद्वार खत्रीलाई मतदाताले पर्यटक र पाहुँना उम्मेदवारलाई नभई स्थायी उम्मेदवारलाई जिताउने प्रतिवद्धता दिएका थिए ।

सो क्रममा खत्रीलाई भेटेका मतदाताहरुले कांग्रेसको विरासत नयाँ नभए पुरानो भएको र पुरानो पार्टी कांग्रेस भएरपनि नवयुवाको चाहना अनुसार कांग्रेस बदलिएकाले मुलुकको निकास र विकासकालागि कांग्रेस एक मात्र पार्टी भएकाले आफुहरुको मत कांग्रेसलाई नै भएको विश्वास दिलाएका थिए । सो क्रममा उम्मेद्वार खत्रीले आम मतदाताको चाहना र नव युवाको चाहना अनुसार विकास निर्माण र सामुदायिक विकासका कार्यक्रम र योजनाहरुलाई प्राथमिकता दिने बताउनुभयो । उहाँले क्षेत्रनम्बर एकमा कृषि र पर्यटनको प्रचुर सम्भावना रहेकाले त्यसका बारेमा पनि समुदाय र कृषकलाई सुहाउँदो कार्यक्रम र योजना बनाउने कुरामा आफु गम्भिर रहेको बताउनुभयो ।

घरदैलो कार्यक्रम अन्तरगत रुपन्देहीका क्षेत्रनम्बर एकमा रहेका विभिन्न पालिकाहरुमा पुगेर घरदैलो तथा मतदाताहरुसँग सल्लाह सुझाव लिनेक्रम जारी रहेको निर्वाचन परिचालन सचिवालय समिति संयोजक विजय गुरुङले जानकारी दिनुभयो ।

You may also like