28
काठमाडौँ । नेप्सेमा सामान्य गिरावट आएको छ । सोमबार नेप्से ८.१६ अंकले घटेर २६६२. ९१ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३५ कम्पनिका एक करोड ९६ लाख १६ हजार ३९५ कित्ता शेयर ७ अर्ब ९४ करोड २७ लाख ६० हजार २२० मा कारोबार भएको थियो । आज फाइनान्स, होटल्स र उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज बुद्ध भुमि नेपाल हाइड्रो, रिलायन्स स्मिनीङ मिल्स र सालपा विकास बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ भने अपर साङ्गे हाइड्रोको ८.१८ प्रतिशतले बढेको छ । त्यसैगरी आज खानी खोला हाइड्रोको शेयर सबैभन्दा बढी ९.३८ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी रिडी पावरको ६५ करोड ३ लाख बराबरको कारोबार भएको छ भने अन्खु खोला जलविद्युतको ५२ करोड ३६ लाख बराबरको कारोबार भएको छ ।



