बुटवलबाट पाल्पा जाँदै गरेको टिप्परको ठक्करले मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

by समतल अनलाइन
120Shares

बुटवल ।सिद्वार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक खण्ड अन्तर्गत तिनाउ गाउँपालिका-३ मा सवारी दुर्घटनामा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ।

बुटवलबाट पाल्पा जादै गरेको लु ४९ प ७७९५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउदै गरेको लु २ ख १८८३ नम्बरको टिप्परले ठक्कर दिएको थियो । टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । उनीहरुलाई तत्काल उपचारका लागि अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा मृत्यु हुने दुवै युवाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान खुलाउने तथा घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

दुर्घटनापछि टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिद्धार्थ राजमार्गमा पछिल्लो समय सवारी चाप र तीव्र गतिका कारण दुर्घटनाका घटना बढ्दै गएकाले सावधानी अपनाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

You may also like