61
काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेर तोलाको ३ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको छ। बिहीबार सुन तोलाको ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार चाँदी तोलामा ३४० रुपैयाँले घटेर तोलाको ५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी तोलाको ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारको उतारचढावका कारण पछिल्ला दिनहरूमा सुनचाँदीको मूल्यमा परिवर्तन हुँदै आएको महासङ्घले जनाएको छ।



