बागलुङमा स्कुल बस दुर्घटना, २४ विद्यार्थी घाइते

by समतल अनलाइन
43Shares

पोखरा । बागलुङमा न्यू एभरेष्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा विद्यार्थीहरु घाइते भएका छन् ।

बागलुङ नगरपालिका–३ स्थित नेपाल भाषा मंका खल बागलुङको भवन नजिकै न्यू एभरेष्ट एकेडेमी स्कुलको भ्यान दुर्घटना भएको हो । बागलुङ बजारबाट मध्यपाहाडी लोकमार्गतर्फ जाँदै गरेको स्कुलको ग ३ च ८६२१ नं को भ्यान दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

धौलागिरी प्रादेशिक अस्पतालमा उपचारत २४ विद्यार्थीमध्ये ४ जना विद्यार्थीको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा भ्यान चालकसमेत घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

स्कुल भ्यान विद्यालयबाट विद्यार्थीहरूलाई घरतर्फ पुर्‍याउने क्रममा सडकबाट अन्दाजी ५०-६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

You may also like