सुनचाँदीको मुल्य आज कति पुग्यो ?

by समतल अनलाइन
56Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको तोलाको एक सय घटेर तोलाको ३ लाख ६ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख ६ हजार ६ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले बढेर तोलाको ५३४० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५२९० मा कारोबार भएको थियो ।

You may also like