एन प्याब्सनको जीवन सीप सम्बन्धी अभिमुखिकरण

by समतल अनलाइन
29Shares

बुटवल।रुपन्देहीका निजी विद्यालयका सञ्चालक तथा प्राचार्यहरुलाई लक्षित गरी एक दिने जीवन सीप सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठन, नेपाल (एनप्याब्सन) को आयोजनामा कार्यक्रम गरिएको हो ।
रुपान्तरण, युनिसेफको ई–लर्निङ प्लेटफर्म तथा फाईट ब्याक परियोजनाको सहयोगमा सञ्चालन गरिएको उक्त अभिमुखिकरणमा जिल्लाका विभिन्न निजी विद्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जीवन सीप शिक्षा, विद्यालयस्तरमा यसको कार्यान्वयन तथा शिक्षक–प्रशिक्षणका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रमको एनप्याब्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपानेले उद्घाटन गर्दै संस्थागत रूपमा एनप्याब्सनले मानव संसाधनको क्षमता विकासलाई प्राथमिकतामा राखेको बताए । गुणस्तरीय शिक्षाका लागि दक्ष र सक्षम जनशक्ति अपरिहार्य हुने उल्लेख गर्दै उनले शिक्षकमा समर्पण भावसँगै विषयवस्तुको प्रचुर ज्ञान र सिकाइ प्रभावकारी रूपमा प्रस्तुत गर्ने सीप आवश्यक पर्ने धारणा राखे ।

कार्यक्रममा फाईट ब्याक नेपालका संस्थापक विक्रान्तराज पाण्डेले युनिसेफबाट चलाईएको फाईट ब्याक अभियानबारे जानकारी गराए । विद्यार्थीहरुलाई प्रविधिको प्रयोगमार्फत ‘रुपान्तरण’ भर्चुअल कक्षाबाट दिईने ब्यवहारिक शिक्षण विधिबारे उनले बताए । यसमा १६ वटा मोडलहरु हुन्छन । हरेक मोडल पास गरेपछि सहभागीले डिजिटल प्रमाणपत्र समेत प्राप्त गर्छ ।

नेपाल सरकार र युनिसेफको सहकार्यमा विगत १० वर्षदेखि स्कुल बाहिर रहेका छात्राहरुमा गरेको अध्ययन र अनसन्धानबाट यो मोडल तयार गरेको कार्यक्रम प्रमुख अरमान राज पाण्डेले बताए । ‘अहिले प्रविधिमैत्री बनाएर विद्यालयहरुमा ल्याईएको हो ।’– उनले भने । कुल १६ वटा मोडल साढे पाच घण्टाको सकिन्छ । उमेर समुह र विषयलाई कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुलाई लक्षित गरि यो तयार गरिएको हो । अपाङता भएकाहरुलाई समेत उपयोगी हुनेछ । स्थानिय पालिकाहरुबाट समेत सकारात्मक यो विषय अध्ययनमा उनले बताए ।

कार्यक्रममा एनप्याब्सन रुपन्देहीका अध्यक्ष बाबुराम बन्जाडेले एनप्याब्सन संस्थागत रुपमा नीजि विद्यालयहरुको हकहितका लागि निरन्तर काम गरिरहेको बताए । ३ वर्षअघि आफुले फाईट ब्याकको बारेमा लिएको तालिम लिएको उनले स्मरण गरे । आत्मरक्षाका र फिजिकल विधिलाई अहिले लर्निङ्ग मोडलमा विकास गरेर विद्यार्थीहरुलाई आईटी स्वरुपमा सिकाउन सकिने उनले बताए ।

कार्यक्रममा एनप्याब्सनका केन्द्रिय उपमहासचिव विष्णु प्रसाद पौडेल, केन्द्रिय सल्लाहकार राजु गुरुङ, केन्द्रिय सचिव बालाकृष्ण तिवारी, पुर्व जिशिअ टेक बहादुर थापा, तलेजु प्रकाशनका निर्देशक सज्जन श्रेष्ठ, संस्थाका सचिव अमित यादवले निजी विद्यालयमा जीवन सीप शिक्षा कार्यान्वयनलाई थप सुदृढ बनाउन मद्दत पुग्ने अपेक्षा गरे ।

कार्यक्रममा एनप्याब्सनका जिल्ला कोषाध्यक्ष कमल पौडेलले अभिमुखिकरण कार्यक्रममार्फत विद्यालय व्यवस्थापन तथा शैक्षिक नेतृत्वमा संलग्न व्यक्तिहरुलाई जीवन सीप शिक्षाको महत्व र यसको व्यवहारिक पक्षबारे जानकारी गराईएको बताए ।

You may also like