सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही ४ लाई आफूले एक नम्बर बनाउन नसके जुनसुकै मुल्य चुकाउन तयार रहेको बताएका छन् ।
उनले बुधबार मधेसका ३२ वटा क्षेत्रमध्ये आफूले चुनाव उठेको क्षेत्रलाई एक नम्बर बनाएर छाड्ने दाबी गरे । उनले भने, ‘सर्लाहीमा म यतिकै चुनाव लड्न आएको होइन। मधेसका ३२ वटा क्षेत्र छन् ।

त्यसमध्ये अन्य क्षेत्रभन्दा मैले चुनाव लडेको क्षेत्रलाई एक नम्बर बनाउन सकिन भने म जुनसुकै मुल्य चुकाउन तयार छु। यो मेरो अन्य राष्ट्रिय नेताहरूलाई चुनीती पनि हो ।
आफू काठमाडौँबाट तीन तीन पटक चुनाव जितेको मान्छे यत्तिकै मधेसमा चुनाव लड्न नझरेको स्पष्ट पार्दै उनले आफू मधेस बुझ्न नै यहाँ आएको बताए । साथै आफूले मधेस नबुझेसम्म देशको नेतृत्व गर्न योग्य नहुने कुरा पनि सपष्ट पारे ।
उनले भने, ‘जुनदिसम्म म मधेस बुझ्न सक्दिन, त्यो दिनसम्म म यो देशको नेतृत्व हाक्न सक्ने योग्य हुन्न भन्ने मैले बुझेको छु।’
सभापति थापाले मधेसको कृषि, सिचाइँ र शिक्षामा आमूल परिवर्तन भएको हेर्न चाहेर नै मधेस झरेकोसमेत स्पष्ट पारे ।



