नेकपाको घोषणापत्र : संविधान पुनरावलोकन, निर्वाचन प्रणाली सुधारको एजेण्डा

by समतल अनलाइन
56Shares

काठमाडौं।नेपाल कम्युनिस्ट पार्टी नेकपाले घोषणापत्र सार्वजनिक गरेको छ। पेरिसडाँडामा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएको घोषणापत्रमा नीतिगत प्राथमिकताहरू निर्धारण गरिएको छ। प्राथमिकतामा निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्ने कुराहरू पनि उल्लेख गरिएको छ।

सातवटा नीतिगत प्राथमिकताहरू निर्धारण गरिएको घोषणापत्रमा घ नम्बरमा संविधानको पुनरालोकन र परिमार्जन गर्ने सन्दर्भमा कुराहरू राखिएको छ।

घोषणापत्रमा शहीदहरूले बलिदान दिएर ल्याइएको संविधानलाई संरक्षण गर्दै कार्यान्वयनमा आएका जटिलताहरूलाई परिमार्जन र पुनरालोकन गर्ने विषय राखिएको छ।

नेकपाद्वारा सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा शान्ति प्रक्रियाका बाँकी कामहरूलाई पनि पूर्णता दिइने कुरा पुन दोहोर्याइएको छ। पत्रमा उल्लेख गरिएअनुसार निर्वाचन प्रणालीमा पनि सुधार गर्नुपर्ने कुराहरू उल्लेख गरिएको छ।

You may also like