निर्वाचन आयोगद्वारा टिकटक भिडियो प्रतियोगिता, ५० हजारसम्म पुरस्कार

by समतल अनलाइन
51Shares

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको छ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै आयोगले प्रचार–प्रसार तथा मतदाता शिक्षाका लागि उक्त प्रतियोगिता आयोजना गरेको हो ।

आयोगका अनुसार प्रतियोगितामा सहभागीमध्ये उत्कृष्ट तीन वटा टिकटक भिडियोलाई नगद पुरस्कार प्रदान गरिनेछ । पहिलो हुनेलाई ५० हजार रुपैयाँ, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ पुरस्कार दिइने आयोगले जनाएको छ ।

प्रतियोगितामा सहभागी भिडियोहरूको मूल्यांकन टिकटकमा प्राप्त भ्युजका आधारमा गरिनेछ । भिडियोमा निर्वाचन प्रचारप्रसार, आचारसंहिता र मतदाता शिक्षासम्बन्धी विषय समावेश हुनुपर्ने आयोगको स्पष्ट निर्देशन छ ।

एक मिनेटसम्मको भिडियो टिकटकसँगै युट्युबमा पनि अपलोड गर्नुपर्नेछ । उक्त भिडियोको लिंक फागुन ३ गतेदेखि १७ गतेभित्र निर्वाचन आयोगको इमेलमा पठाउनुपर्ने व्यवस्था गरिएको छ । प्राप्त भिडियोहरूको मूल्यांकनपछि आयोगले विजेताको घोषणा गरी पुरस्कार प्रदान गर्नेछ ।

You may also like