होटल फरेस्ट इनको आइपिओमा करिब ८ गुणा बढी आवेदन

by समतल अनलाइन
25Shares

काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा माग भन्दा झन्डै ८ गुणा बढी आवेदन परेको छ । कम्पनीले सय रुपैयाँ अंकित मूल्यका ३३ लाख २० हजार कित्ता शेयरको लागि आवेदन माग गरे पनि अन्तिम दिनसम्ममा २५ लाख ४५ हजार ७३० आवेदनकर्ताबाट २ करोड ८६ लाख ९३ हजार २६० कित्ता शेयरको लागि आवेदन परेको छ ।

सोमबार अन्तिम दिनसम्ममा सो आवेदनमार्फत २ अर्ब ८६ करोड ९३ लाख २६ हजार रुपैयाँ जम्मा भएको छ । कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ ।

धितोपत्र बोर्डको हरेक लगानीकर्ताले १० कित्ता शेयर पाउने नीति अनुसार ३ लाख ३२ हजार लगानीकर्ताले शेयर पाउने छन् भने २२ लाख १३ हजार ७३० जनाको हात खाली रहने भएको छ ।

कम्पनीको जारी पूँजी २ अर्ब रहेको छ । यसमध्ये २० प्रतिशत अर्थात् ४० लाख इकाई शेयर, सर्वसाधारणका लागि जारी गरिने भनिएकोमा यसको १० प्रतिशत ले हुन आउने ४ लाख कित्ता शेयर यसअघि नै विदेशमा काम गर्ने नेपाली नागरिकहरूलाई बाँडफाँड गरिएको थियो ।

You may also like