64
काठमाडौँ। आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन लाख रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५०० रुपैयाँ कायम भएको छ भने १० ग्राम सुनको मूल्य २ लाख ५७ हजार ६३० रुपैयाँ पुगेको छ।

महासंघका अनुसार चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ५ हजार १० रुपैयाँ र १० ग्राम चाँदी ४ हजार २९५ रुपैयाँ कायम गरिएको छ।
यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ र चाँदी ४ हजार ७१० रुपैयाँ रहेको महासंघले जनाएको छ। पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा देखिएको महासंघको भनाइ छ।



