बुटवल उपमहानगरपालिकाको ६७ औँ स्थापना दिवसको अवसरमा बृहत् सरसफाइ अभियान सुरु

by समतल अनलाइन
54Shares

बुटवल । बुटवल उपमहानगरपालिकाको ६७ औँ स्थापना दिवसको अवसरमा आज बुटवलमा सरसफाइ अभियान सुरु गरिएको छ। बसपार्क क्षेत्रबाट सुरु गरिएको यो अभियान बृहत् सहभागिताका साथ सञ्चालन भएको थियो।

अभियानमा सिद्धार्थ गौतम बुद्ध क्याम्पसका विद्यार्थीहरू, पश्चिम नेपाल बस प्रा.लि.का कर्मचारीहरू, विभिन्न टोल विकास समितिका प्रतिनिधिहरू, जनप्रतिनिधि तथा उपमहानगरपालिकाका कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले भने, “सरसफाइ अभियान केवल एकदिनको कार्यक्रम नभई निरन्तर चल्ने अभियान हो। स्वच्छ र सुन्दर बुटवल निर्माणका लागि सबै नगरवासीको सक्रिय सहभागिता आवश्यक छ।” उनले अभियानलाई जीवनशैलीको हिस्सा बनाउन र सहभागी सबैलाई धन्यवाद व्यक्त गरे।

सरसफाइ अभियानलाई निरन्तरता दिँदै भोलि बिहान ७ बजे योगिकुटी चोकबाट कार्यक्रम सुरु हुने जनाइएको छ। उपमहानगरपालिकाले यसलाई नियमित अभियानका रूपमा अगाडि बढाउने लक्ष्य लिएको छ।

You may also like