बुटवल।नेपाली कांग्रेस नेतृत्वको सरकारले मात्रै मुलुकलाई निकास दिनसक्ने साे पार्टीका नेताहरूले बताएका छन् ।

शनिबार रूपन्देही निर्वाचन क्षेत्र नं २ अन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं २ मैनाबगरमा नेपाली कांग्रेस वडा स्तरीय चुनाव प्रचारप्रसार समितिकाे कार्यालय उद्घाटन कार्यक्रममा कांग्रेस नेताहरूले मुलुक संकटमा परेका बेला कांग्रेसले नै निकास दिँदै आएको भन्दै अहिले मुलुकमा देखापरेको समस्याकाे समाधान पनि कांग्रेस नेतृत्वको सरकारले गर्ने बताएका हुन् ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामबहादुर कार्की,नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं २ का क्षेत्रीय सभापति प्रजापाल गिरी,नेपाली कांग्रेस बुटवल उपमहानगर समितिका उपसभापति ज्याेति भण्डारी,नेपाल ट्रेड युनियन कांग्रेस लुम्बिनी प्रदेश अध्यक्ष काजीमान श्रेष्ठ,नेपाली कांग्रेसबाट समानुपातिक तर्फ प्रतिनिधि सभा सदस्य उम्मेदवार रीता सेन वली,नेपाली कांग्रेस बुटवल-२ का सचिव नवीन नेपाललगायतले नेपालको राजनीतिक परिवर्तनको आन्दोलनको नेतृत्व र देश विकासको अगुवाइ कांग्रेसलेनै गर्दै आएको स्मरण गर्दै जेनजी आन्दोलन र त्यसपछि उत्पन्न राजनीतिक संकटबाट निकास दिन कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेको बताए । जेनजी युवाहरूले उठाएका एजेन्डा कांग्रेसले पनि उठाउँदै आएको भन्दै उनिहरूले जेनजी युवाहरूका मागलगायत आम नेपाली जनताका माग सम्बाेधन गर्न आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई जिताउनुपर्नेमा जाेड दिए ।
कार्यक्रममा नेपाली कांग्रेसबाट रूपन्देही क्षेत्र नं २ का उम्मेदवार चुन्न प्रसाद शर्मा पाैडेलले आफू सांसद बनेर केही प्राप्त गर्न नभएर समाजका लागि केही योगदान दिने उदेश्यले चुनावी मैदानमा उत्रिएको भन्दै यस क्षेत्रका समस्या समाधानका साथै उद्योगी ब्यवसायीमैत्री कानुन निर्माण र राेजगारी प्रदान गर्ने योजना रहेको उल्लेख गरे ।
नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका वडा नं २ की सभापति धना लामाकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
कांग्रेस उम्मेदवार चुन्नलाई जिताउन भुतपुर्व सैनिक संघ रूपन्देहीले कुनै कसर बाँकी नराख्ने
रूपन्देही निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार चुन्न प्रसाद शर्मा पाैडेललाई जिताउन कुनै कसर बाँकी नराख्ने भुतपुर्व सैनिक संघ रूपन्देहीले प्रतिवद्वता जनाएको छ ।
भुतपुर्व सैनिक संघ रूपन्देहीद्वारा शनिबार बुटवलमा आयोजित प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार चुन्न प्रसाद शर्मा पाैडेललगायत पार्टीका केन्द्रीय तथा जिल्ला र क्षेत्रीय समितिका नेताहरूसहितको भुतपुर्व सैनिक संघकाे भेलामा सहभागी भुपु सैनिकहरूले उक्त प्रतिवद्वता जनाएका हुन् ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामबहादुर कार्की, रूपन्देही क्षेत्र नं २ का उम्मेदवार चुन्न प्रसाद शर्मा पाैडेल,
नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं २ का क्षेत्रीय सभापति प्रजापाल गिरी,भुतपुर्व सैनिक संघका पुर्व केन्द्रीय सदस्य कुलबहादुर केसी
नेपाली कांग्रेस बुटवल ११ का सभापति जितबहादुर मल्ललगायतले आगामी निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराउन आ आफ्नो ठाउँबाट सक्दो पहल गर्नुपर्नेमा जाेड दिएका थिए headline



