ब्रिटिस ग्रामर स्कुलमा ५५० विद्यार्थीको सहभागितामा क्रियटिभ फेस्ट

by समतल अनलाइन
347Shares

तिलोत्तमा। ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित ब्रिटिस ग्रामर स्कुल रुपन्देहीमा चौथो कृयटिभ फेस्ट सम्पन्न भएको छ । जिल्ला शिक्षा समन्वय इकाइ रूपन्देहीका प्रमुख विष्णु प्रसाद पन्थीको प्रमुख आतिथ्यता तथा विदयार्थी अदनान शेखको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमलाई ४० भन्दा बढी विद्यार्थीले क्रमिक रूपमा सञ्चालन गरेका थिए ।

विद्यार्थीको पूर्ण नेतृत्व र सहभागितामा सम्पन भाएको यो फेस्टमा विद्यार्थीले लाइभ गीत, नृत्य, आफूले लेखेका पुस्तकको प्रदर्शनी, बनाएका कलात्मक चित्र, लगायतका पेन्टिङ, बृहत् मार्केट, शैक्षिक कार्यशाला, रोबोटिक, लट्री, आर्केट, क्याफे, हन्टेड हाउस सहितका आफ्ना मौलिक सृजना प्रस्तुत गर्नुका साथै बजारमा बिक्री गरेका थिए ।

कक्षा पिजी दोखि १२ सम्मका ५५० विद्यार्थी र एकहजार भन्दा बढी दर्शक अभिभावकका विचमा सम्पन कार्यक्रममा बोल्दै प्रमुख आतिथि पन्थीले यस विद्यालयले सञ्चालन गरेको यस किसिमको कार्यक्रमले विद्यार्थीमा नेतृत्व र व्यक्तित्व विकास हुने, आत्म बल बढ्ने, इनोभेसन गर्न सिकाउने, आफूले आफैलाई चिन्न सघाउने धारण यक्त गरे । आजको विश्वव्यापीकरणको जमानामा यस विद्यालयले विद्यार्थीको किताबी ज्ञान भन्दा पनि बाहिर जीवन र शिक्षा छ भन्ने सिकाएकाले अन्य विद्यालयले सिको गर्नुपर्ने विचार व्यक्त गरे ।

विद्यार्थीको सर्वाङ्गीण विकास, नयाँ सोच र चिन्तनको विकास गर्दै पढाइलाई उत्साहित बनाउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम मोफसलका विद्यालयको पृथक र सफल कार्यक्रम रहेको विद्यालयकी निर्देशक पुष्पा कँडेलले बताइन ।

कक्षा ११/१२ पढ्ने विद्यार्थीको नेतृत्व, विद्यालय तहका विद्यार्थीको सक्रियता र शिक्षकहरुको सहजीकरणमा सम्पन्न कृयाटिभ फेस्ट्मा मनमुटुबाट साथ सहयोग गर्नुहुने सम्पूर्ण अभिभावक , विद्यार्थी , पत्रकार तथा शिक्षा प्रेमीलाई विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले आभार, कृतज्ञता एवम् धन्यवाद व्यक्त गरे । फेस्टमा विद्यालयका सह–प्राचार्य महेश पौडेल क्षेत्री अनी, उमेश कंडेलले शुभकामना मन्तव्य राखेका थिए ।

You may also like

This will close in 0 seconds