बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा मृतकको संख्या १३ पुग्यो, ३६ घाइतेको उपचार हुँदै

by समतल अनलाइन
47Shares

बैतडी।बैतडीको पुर्चौंडी नगरपालिकामा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता एसएसपी पदमबहादुर विष्टका अनुसार आठ जनाको घटनास्थलमै मृत्यु भएको हो भने उपचारका लागि अस्पताल लैजाँदै गर्दा थप पाँच जनाले बाटोमै ज्यान गुमाएका हुन्।

दुर्घटनामा घाइते भएका ३६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। केही घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ।

बिहीबार राति करिब ८ बजे पुर्चौंडी नगरपालिका–७ भवनेबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको सुपप्र ०२००१ ख १११९ नम्बरको बस पुर्चौंडी नगरपालिका–७ बडगाउँको मोडमा दुर्घटनामा परेको हो। बस सडकबाट करिब १५० मिटर तल खसेको जनाइएको छ।दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

You may also like