बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना, ६ जनाको मृत्यु

by समतल अनलाइन
58Shares

काठमाडौँ । बैतडीको पुर्चौंडी नगरपालिका–७ बडगाउँमा जन्ती बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

दुर्घटना बिहीबार राति करिब ८ बजेतिर बडगाउँस्थित मोडमा भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक दीपक कुमार रायका अनुसार दुर्घटनामा ६ जनाको ज्यान गएको छ । मृतकमध्ये ४ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृतक सबै पुरुष रहेका छन् । दुर्घटनाग्रस्त बस सडकबाट करिब १५० मिटर तल खसेको जनाइएको छ ।

दुर्घटनामा अन्य यात्रुहरू पनि घाइते भएको आशंका गरिएको छ । घाइतेहरूको उद्धार तथा उपचारको व्यवस्था गरिएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

You may also like