नेपाली सडक सुहाउँदो आइकार भी–२३ बुटवलमा सार्वजनिक

by समतल अनलाइन
70Shares

बुटवल । सिद्धि विनायक मोटर्स प्रालिले बहुप्रतीक्षित विद्युतीय गाडी आइकार भी–२३ बुटवलमा सार्वजनिक गरेको छ । बुटवलको कालिकानगरस्थित ओमोडा एण्ड जेको शोरुममा बिहीबार आयोजित कार्यक्रममा गाडी लञ्च गरिएको हो ।

कार्यक्रममा प्रालिका कार्यकारी निर्देशक सुरज क्षेत्री,प्रवन्धक राजीव खनाल र क्षेत्रीय म्यानेजर विशेष दाहालले गाडी सार्वजनिक गरे ।

कार्यकारी निर्देशक क्षेत्रीले आइकार भी–२३ ले विद्युतीय सवारी साधनको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरे । उनले विद्युतीय गाडीप्रतिको बढ्दो आकर्षणसँगै जीवनशैलीमा आधारित सवारीको विस्तारमा यसले महत्त्वपूर्ण योगदान दिने बताए ।

आइकार भी–२३ को बजार मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । वैश्विक अवधारणाअनुसार डिजाइन गरिएको यो गाडी रेट्रो शैलीबाट प्रेरित, पूर्ण विद्युतीय अफ–रोड एसयुभी हो । क्लासिक रग्ड लुक्स र आधुनिक प्रविधिको उत्कृष्ट संयोजन रहेको यस गाडीले परम्परागत पेट्रोल गाडीको दिगो र स्टाइलिश विकल्प प्रस्तुत गर्ने क्षेत्रीको भनाइ छ ।

शोरुमका प्रवन्धक राजीव खनालले आइकार भी–२३ नेपाली सडक अवस्थाका लागि उपयुक्त रहेको बताए । गाडीको पावर ब्याक मजबुत रहेको उल्लेख गर्दै उनले अफ–रोड र शहरी दुवै यात्राका लागि सहज हुने बताए ।

गाडीमा ५९.९३ केडब्लुएच ब्याट्री र १०० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । एकपटक पूर्ण चार्ज गर्दा यसले ४०१ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ । क्लासिक गोलो हेडलाइट, २१० एमएम ग्राउन्ड क्लियरेन्स र आकर्षक “बक्सी” डिजाइनले यसलाई अझ विशिष्ट बनाएको छ ।
आइकार भी–२३ मा १५.४ इन्चको प्रिमियम इन्फोटेनमेन्ट डिस्प्ले, लेभल–२ एडास सुरक्षा फिचर जडान गरिएको छ । पछाडिको सिट फोल्ड गर्दा ७४४ लिटर क्षमताको विशाल ट्रंक स्पेस उपलब्ध हुने बताइएको छ ।

प्रिमियम लाइफस्टाइल सेगमेन्टमा प्रतिस्पर्धात्मक रूपमा प्रस्तुत गरिएको यस गाडीको डेलिभरी प्रि–बुकिङ गरेका ग्राहकहरूका लागि एसपीजी अटोमोबाइल्सको नेपालभर रहेको आधिकारिक डिलर नेटवर्कमार्फत तत्काल सुरु गरिने क्षेत्रीय म्यानेजर विशेष दाहालले जानकारी दिए ।

You may also like