नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा ९ हजार ५ सयले ओरालो

by समतल अनलाइन
52Shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको तोलाको ९ हजार ५ सयले घटेर तोलाको २ लाख ९५ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख ४ हजार ७ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्यमा पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६२० रुपैयाँले घटेर तोलाको ४९८० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५६ सयमा कारोबार भएको थियो ।

You may also like