27
तिलोत्तमा । तिलोत्तमा नगरपालिका र नगर विकास कोषबीच सहआयोजनामा विकास निर्माण अघि बढाउने उद्देश्यसहित सम्झौता सम्पन्न भएको छ। शहरी उत्थानशीलता तथा जीवनयापन सुधार आयोजना (URLIP) अन्तर्गत सहआयोजना निर्माण, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी उपसहायक ऋण सम्झौतामा आज हस्ताक्षर गरिएको हो।

सम्झौतामा तिलोत्तमा नगरपालिकाको तर्फबाट नगर प्रमुख रामकृष्ण खाण, नगर उपप्रमुख जागेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल तथा नगर विकास कोष (TDF) को तर्फबाट कार्यकारी निर्देशक इन्जिनियर विनोद प्रकाश पण्डितले हस्ताक्षर गर्नुभएको हो।
हाल उक्त परियोजनामार्फत ड्राइभरटोल–शिवपुर र पथ्थरडाँडा–तिनाउ सडक निर्माणको काम अघि बढिरहेको छ। सम्झौतापछि आगामी दिनमा भौतिक तथा मानवीय विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।



