28
काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा ३ हजार ७ सय रुपैयाँले बढेर २ लाख ९० हजार ३ सय रुपैयाँ पुगेको छ।

यसअघि सोमबार सुन तोलाको २ लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासङ्घका अनुसार चाँदी तोलामा १३५ रुपैयाँले बढेर ५ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार चाँदी तोलाको ५ हजार २ सय रुपैयाँ थियो।



