रुपन्देहीको ओमसतियामा स्कुल बस दुर्घटना, २१ जना घाइते

by समतल अनलाइन
58Shares

बुटवल। रुपन्देहीमा स्कुल बस दुर्घटना हुँदा २१ जना विद्यार्थी घाइते भएका छन् । जिल्लाको ओमसतिया गाउँपालिकामा आज बिहान करिब साढे ६ बजे स्कुल बस र धान बोकेको ट्याक्टर आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते २१ जना मध्ये दुई जनाको टाउकोमा चोट लागेको छ भने अन्य विद्यार्थी सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । घाइतेमध्ये ११ जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा र बाँकी विद्यार्थीहरूको भीम अस्पताल भैरहवामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा मणिग्रामस्थित शान्ति नमूना माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरू घाइते भएका हुन् ।

नवलपरासीबाट भैरहवातर्फ आउँदै गरेको लु १ ख ८६७५ नम्बरको स्कुल बस र लु ३ त ३५३० नम्बरको ट्याक्टर ठोक्किँदा दुर्घटना भएको हो । दुवै सवारी साधनका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

You may also like