प्रत्यक्षतर्फ ३९ लाख ९८ हजार मतपत्र छपाइ सम्पन्न

by समतल अनलाइन
52Shares

काठमाडौँ।प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ ३९ लाख ९८ हजार मतपत्र छपाइ सम्पन्न भएको छ। जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा मतपत्र छपाइको काम नियमित रूपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फका दुई करोड आठ लाख ३० हजार मतपत्रको छपाइ यसअघि नै सकिएको छ। त्यस्तै, मतदाता शिक्षाका लागि १० लाख ९८ हजार २०० थान नमुना मतपत्र पनि छपाइ भइसकेको छ।

प्रत्यक्षतर्फ हालसम्म ३० जिल्लाका मतपत्र छपाइ सम्पन्न भइसकेको र बाँकी जिल्लाको काम जारी रहेको आयोगले जनाएको छ । २१ फागुनमा निर्वाचन हुने भएकाले छपाइ कार्य सकिएपछि मतपत्रहरू सम्बन्धित मतदान केन्द्रमा पठाइने आयोगले जानकारी दिएको छ।

You may also like