पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

by समतल अनलाइन
62Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय रहेको छ।
तराईका केही स्थानमा तुँवालो तथा हुस्सु लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्नुका साथै एक–दुई स्थानमा हल्का हिमपात वा वर्षा भइरहेको छ।

आज दिउँसो र राति पनि तराईका थोरै स्थानमा हुस्सु रहने र हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

You may also like