35
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला उपसभापति तारा शाहीले नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । रास्वपाका राजनीतिक गतिविधिप्रति असन्तुष्टि जनाउँदै शाहीले कांग्रेस रोजेकी हुन् ।

कांग्रेसकी केन्द्रीय सदस्य रामुदेवी खड्काले उनलाई खादा र अबिर लगाएर पार्टीमा स्वागत गरिन् । शाहीको कांग्रेसमा प्रवेशले पार्टीलाई नयाँ उर्जा मिलेको उनले बताइन्।
कांग्रेस जुम्लाका उपसभापति कार्मा बुढाले शाहीको रास्वपा परित्याग र कांग्रेसमा प्रवेशको कारणको बारेमा छलफलमा जानकारी दिए। उनले भने, ‘शाहीले कांग्रेसको निर्वाचन केन्द्रित छलफलमा भाग लिई रास्वपालाई छोडेको घोषणा गरेकी थिइन्।’
शाही चन्दननाथ नगरपालिका-५ की बासिन्दा हुन् । यसअघि उनी कांग्रेसबाट रास्वपामा प्रवेश गरी उपसभापति बनेकी थिइन्। कांग्रेस जुम्लाले उनलाई पार्टीमा फर्काएको हो ।



