नेप्सेमा दोहोरो अंकको गिरावट, ९ अर्ब १० करोडको कारोबार

by समतल अनलाइन
52Shares

काठमाडौँ । नेप्से आज दोहोरो अंकको गिरावट आएको छ । आइतबर नेप्से १९.८५ अंकले घटेर २६९४.२० विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२९ कम्पनिका २ करोड २० लाख ६० हजार ४५४ कित्ता शेयर ९ अर्ब १० करोड ९४ लाख ५७ हजार २७८ मा कारोबार भएको थियो । आज ट्रेडिङबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज मिथिला लघुवित्तको शेयरको सबैभन्दा बढी ९.७० प्रतिशतले बढेको छ भने क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर ८.१९ प्रतिशतले बढेको छ । त्यसैगरी आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ५५ करोड ५२ लाख बराबरको कारोबार भएको छ भने एसवाई प्यानलको ५३ करोड ६४ लाख कारोबार भएको छ ।

You may also like