नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

by समतल अनलाइन
140Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।

सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ भने कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रहेको छ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ।

आज दिउँसो पनि तराईका केही स्थानमा हुस्सु/कुहिरो रहन सक्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा बदली रहनेछ भने उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

You may also like

This will close in 0 seconds